९ कात्तिक, गोरखा । पोखरा–मुग्लिन सडक खण्ड सोमबार राति दुई घण्टा बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबार सूचना जारी गर्दै सोमबार राति १२ बजेदेखि २ बजेसम्म सवारी आवागमन बन्द हुने जनाएको छ ।
पोखरा-मुग्लिन सडक खण्ड अन्तर्गत आँबुखैरेनी गाउँपालिका–४ साँखर (डम्पिङ साइट क्षेत्र) मा पहिरो नियन्त्रण कार्यका लागि अध्ययन गर्नुपर्ने भएकाले सडक बन्द गर्न लागिएको प्रशासकीय अधिकृत सिर्जना रेग्मीले बताइन् ।
‘पहिरो नियन्त्रणका लागि एसआरटी अध्ययन गर्नुपर्ने भएकोले सो अवधिभरि सडकमा यातायात सञ्चालन गर्न मिल्दैन, त्यसैले यातायात बन्द गर्न लागेका हो,’ उनले भनिन् ।
सो अवधिभर यातायात सञ्चालन नगरेर सहयोग गरिदिन जिल्ला प्रहरी कार्यालय तनहुँले पनि आग्रह गरेको छ ।